देशकोशी प्रदेशआफ्नै १२ वर्षीया छोरी बला'त्कार गरेको आरोपमा बुबा पक्राउ !

आफ्नै १२ वर्षीया छोरी बला’त्कार गरेको आरोपमा बुबा पक्राउ !

झापा | आफ्नै १२ वर्षीया छोरीलाई तीन वर्षयता पटक–पटक क’रणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिकामा–३ सुरुङ्गा बजारका ३७ वर्षीय पुरुष रहेका छन्।

इलाका प्रहरी कार्यालय सुरुङ्गाले उनलाई शुक्रबार घरबाटै पक्राउ गरेको हो। पीडित बालिकाले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरिक्षक(डिएसपी) रुगम कुँवरले जानकारी दिए।

उनले भने, ‘बालिकाले दिएको किटानी जाहेरीको आधारमा पीडकलाई पक्राउ गरेका ल्याएका हौं। बालिकाले जाहेरी दिएकै दिन पक्राउ गरेका छाैं। तीन वर्षसम्म डर–त्रासको कारण खुल्न नसकेकी बालिकाले बयान बाबुले आफुलाई बलात्कार गरेकाे दिएकी छन्। अहिले हाडनाता करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेका छौं।’

ती बालिकाले आफू कक्षा ४ मा पढ्दादेखि नै बाबुले क’रणी गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन्। त्यसअघि विभिन्न प्रकारको यौ’न दुर्व्य’वहार गर्ने गरेको जनाएकी उनले पछिल्लो समय भने आफूमाथि पटक–पटक बला’त्कार गरेको बताएकी छिन्।पीडित बालिका अहिले कनकाई माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img