समाजलिफ्ट दिएर १७ वर्षिया किशोरीको ट्रकभित्रै बला'त्कार

लिफ्ट दिएर १७ वर्षिया किशोरीको ट्रकभित्रै बला’त्कार

काठमाडौँ : ट्रकमा लिफ्ट दिएर एक किशोरीलाई बला’त्कार गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन्।

दोलखाबाट काठमाडौँ आएकी किशोरीलाई टिपरभित्रै बला’त्कार गरेको आरोपमा ३२ वर्षीय ज्ञान बहादुर नेपाली पक्राउ परेका हुन्।

गत शुक्रवार १७ वर्षकी किशोरी दोलखाबाट टिपरमा काठमाडौँ आएकी थिइन्। टिपर चालकले थानकोट आएपछि तेल सकियो भनेर डिपो नजिक लगेर बेलुका १० बजे टिपरभित्रै बला’त्कार गरेको जाहेरी परेको थियो।

काठमाडौँको गौशालामा बस्दै आएकी किशोरीलाई रा १ ख २७३४ नम्बरको टिपरभित्रै बला’त्कार भएको जाहेरी परेपछि काठमाडौँ प्रहरी परिसरले चालकको खोजी सुरु गरेको थियो।

थानकोट वृत्तले पीडित बालिकालाई उद्धार गरी स्वास्थ्य परीक्षण गराएको थियो। चालक कलङ्कीमा पक्राउ परेका थिए। उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालतले अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img