देशकोशी प्रदेशइटहरीको मुख्य चोक सिसी क्यामेराको निगरानिमा

इटहरीको मुख्य चोक सिसी क्यामेराको निगरानिमा

सुनसरी / इटहरीको प्रमुख चोकमा निगरानीका लागि अबदेखि सिसिगिभि क्यामेरा जडान गरिएको छ ।

प्रदेश नम्बर १ को ब्यापारीक केन्द्रको रुपमा रहेको इटहरी मुख्य चौक आसपास लगायत विभिन्न स्थानहरुमा क्यामरा जडान कार्य सम्पन्न भई सुचारु समेत भइसकेकाले अब इटहरीको चोकमा पनि निगरानी लागि सिसि क्यामराले गर्ने भएको हो ।

प्रदेश नम्बर १ सरकारको लगानी , इटहरी उपमहानगरपालीका र इटहरी उद्योग बाणिज्य संघ सगँको समन्वयमा इटहरीको मुख्य चौकका विभिन्न स्थानहरुमा क्यामरा जडान भएको छ ।

इटहरी चौक आसपासका क्षेत्रमा २३ वटा भन्दा बढि क्यामरा जडान भइसकेको र केही जडानको लागि प्रकृयामा रहेको इटहरी उपमहानगरपालिका ६ का दिवस पोख्रेलले बताए ।

सिसी टिभी फुटेज तथा प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलयको निरीक्षण गर्दै प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले अहोरात्र सडकमा खटिने ट्राफिक प्रहरीको छुट्टै पहिचान हुने हुँदा अनैतिक र आचरण बिपरीत कार्य गर्नेलाई क्षम्य नहुने बताए ।

बजार क्षेत्र र मुख्य चौकमा जडान भएका १३ वटा क्यामराहरुको निगरानी प्रदेश सरकारको मातहतमा रहेको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यलय इटहरी र १० वटा वटा क्यामराको निगरानी इलाका प्रहरी कार्यलय इटहरी ६ ले गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img