सुनसरी | तेह्रथुमको छथर गाउँपालिका- ५ को ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ ।
आज बिहान सवा ६ बजेको समयमा भण्डारीका छोरा २४ बर्षीय टंक भण्डारीले अचानक धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।
प्रहरी चौकीले खबर प्राप्त भएपछि शुक्रबारेबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संग्लग्न छोरा टंक भण्डारी तत्काल फरार रहेका छन् । उनको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।



