देशकोशी प्रदेशमोरङको कानेपोखरीमा बसबाट लडी एक बृद्धको मृत्यु

मोरङको कानेपोखरीमा बसबाट लडी एक बृद्धको मृत्यु

सुनसरी / मोरङको कानेपोखरी गाउँपालिका -२ को स्थित सडक खण्डमा बसबाट लड्दा एक जना बृद्धको मृत्यु भएको छ ।

आज बिहान ११ बजे कानेपोखरीबाट रंगेली तर्फ आउदै गरेको को.१ ख ४१८८ नम्बरको बसमा सवार रहेका कानेपोखरील- २ का ७३ बर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा बसबाट लडी घाईते भएका थिए ।

घाईते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त बस र चालक रतुवाईमाई नगरपालिका- २ का बावुराम टुडुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img