काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गरेको हाे । उनलाई नक्साल नागपोखरीको एक होटलबाट ६ लाख घुससहित रंगेहात पक्राउ गरिएको अख्तियार अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।



