मौसमआज पनि देशका धेरै ठाउँमा बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज पनि देशका धेरै ठाउँमा बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आज पनि देशका धेरै ठाउँमा बर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।

उनका अनुसार प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान छ । यस्तै, राति पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उनले बताइन् ।

आज बेलुकादेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने अनुमान छ । तर, हल्का पानी पर्दा पनि पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img