समाजमोवाईलको चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

मोवाईलको चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

उदयपुर । उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको कटारी नगरपालिका– ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षिय बिपिन विकको ज्यान गएको हो । सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ रिस्कुस्थित साथी राज मगरको घरमा गएका १९ बर्षीय बिपिन विकको करेन्ट लागेर ज्यान गएको हो ।

मंगलवार दिउँसो १ बजे मल्टिप्लकमा मोवाईलको चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका विकलाई उपचारको लागि कटारी अस्पताल लगेकोमा उनको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएका छन । प्रहरीले घटनाको बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img