देशकोशी प्रदेशसप्तकोसीको कटान तिब्र, उदयपुरको बेलकाका वासिन्दा त्रसित

सप्तकोसीको कटान तिब्र, उदयपुरको बेलकाका वासिन्दा त्रसित

सुनसरी / उदयपुरको सिमानामा रहेको सप्तकोसी नदीले चतरा पुलमुनिको ३ किलोमिटरको दुरीमा रहेको डुम्रिबोटे बाट कटान तिब्र पारेको हो ।

उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायत बस्ती खतरामा परेको छ । लगातारको वर्षातका कारण कोसी नदीमा बाढी बढेकाले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो । नगरपालिकाले दुई दिनयता ती क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ लगिएको छ । कोसीको बहाब अहिले पश्चिम धकेलिँदै गरेको स्थानीयबासिले बताए ।

डुम्रिबोटेबाट नदीमा आएको बाढी श्रीलंका टापु तर्फ प्रबेश गरेको छ । बाढिले कटान तिब्र पारेपछी सप्तकोसीको विच भागमा पर्ने श्रीलंका टापुका करिव २ हजार घर परिवार त्रासमा बस्न बाध्य भएको स्थानीय विक्रम पाण्डेले बताएका छन् । सप्तकोसीमा आएको बाढिले पश्चिम तटबन्ध भत्काएर कटान थालेको स्थानियले बताएका छन् ।

बुधवार विहान ४ बजे सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले पानीको बहाव बढेपछी कोसी ब्यारेजका ५६ मध्य ३२ ढोका खोलिएको बताए ।

सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछी खतरा मानिन्छ । भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलेका कारण कोसी गाँऊ पालिका र बराहक्षेत्र नगरपालिकाको खेती योग्य जमिन र मानव बस्ती डुवानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img