समाजफेरि थुप्रियो काठमाडौंमा फोहोर

फेरि थुप्रियो काठमाडौंमा फोहोर

काठमाडौं: काठमाडौं उपत्यकाको सडकछेउमा फेरि फोहोर थुप्रिन थालेको छ। उपत्यकाका विभिन्न सहर तथा गल्लीहरूमा फोहोर उठ्न नसक्दा दुर्गन्ध बढिरहेको छ।

सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले डेढ महिनाअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै आगामी भदौ १ गतेबाट फोहोर फाल्न रोक्ने बताउँदै आएका छन्।

उनीहरूले दिएको समयसीमा अगाडिनै काठमाडौंमा पुनः फोहोर थुप्रिन थालेको हो। यसैबीच महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर अलगअलग संकलन गर्ने सार्वजनिक सूचना जारी गरिसक्दा पनि पहिरो र बाटो मर्मतका कारण कार्यान्वयन हुन सकेको छैन।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले जनशक्ति थप गरेर सडक निर्माण सम्पन्न गर्ने र फोहोर उठाउन सुरू गर्ने भनिएपछि अझै फोहोर उठेको छैन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img