राजनीतिगठबन्धन टुटाउन षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री

गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री

काठमाडौं४ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन ठिक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको बताएका छन् ।

शुक्रवार जनताको साथमा काँग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं बिपी कोईरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । उनले गठबन्धन अहिलेको आवश्यक्ता भएकोले गठबन्धन ठिक छैन भन्नु षड्यन्त्रकारी कुरा भएको उल्लेख गरे ।

उनले गठबन्धन कुनैपनि हालतमा टुट्न नदिने प्रतिवद्धता जनाए । प्रधानमन्त्री देउवाले गठबन्धन ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भएको पनि उल्लेख गरेका हुन् ।

उनले गठबन्धन बलियो भए मात्रै पार्टीहरु बलियो बन्ने बताए र गठबन्धनबाट जतिसक्दो धेरै फाइदा लिनुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img