देशकोशी प्रदेशएमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीका ८२ वर्षीय पिताको दुर्घटनामा निधन

एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीका ८२ वर्षीय पिताको दुर्घटनामा निधन

सुनसरी / नेकपा एमाले सुनसरी जिल्ला कमिटिका अध्यक्ष रेवतीरमण भण्डारीका पिताको सिटि सफारीको ठक्करबाट निधन भएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिका -९ को फुलबारी टोटमा सिटि सफारीको ठक्करबाट नेकपा एमाले सुनसरी जिल्ला कमिटिका अध्यक्ष रेवतीरमण भण्डारीका पिता ८२ वर्षीय उमानाथ भण्डारीको निधन भएको छ ।

घर अगाडि निस्कदै गर्दा सिटी सफारीको ठक्करबाट घाइते भएका उनको उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।

सफारी चालक इटहरी -५ घर भएका छविलाल सरदार सहित ठक्कर दिने सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img