राजनीतिकांग्रेसलाई यो देश तपाईंहरूको विर्ता हो ? भन्दै माधव नेपाल

कांग्रेसलाई यो देश तपाईंहरूको विर्ता हो ? भन्दै माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेससँग आक्रोशित भएका छन् ।

कांग्रेसले देश नै आफ्नो पेवा ठानिरहेको अध्यक्ष नेपालले आरोप लगाए । गठबन्धनको सिट बाँडफाँडको छलफलमा कांग्रेसले देश नै आफ्नो पेवाजस्तो ठानेको उनको भनाइ छ ।

“पाँच दलीय गठबन्धनमा छलफल चलिरहेको छ । कुन दलले कति सिट लिने ? नेपाली कांग्रेसले त यो देश नै उनीहरूको पेवाजस्तो ठानिरहेको छ,” नेता नेपालले भने, “उनीहरूकै विर्ता भए जस्तो । आज त सुनाइदिएँ, मैले यो तपाईंहरूको विर्ता हो ?”

अहिले चुनाव कसरी जित्ने भन्नेमा आफूहरू केन्द्रित रहेको उनको भनाइ छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img