देशनिर्वाचन बहिस्कार गर्दै चार दलले घोषणा गरे आन्दोलन

निर्वाचन बहिस्कार गर्दै चार दलले घोषणा गरे आन्दोलन

काठमाडाैं | आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गरेका चार कम्युनिष्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले देशका विभिन्न स्थानमा सभालगायतका कार्यक्रम गर्ने तय गरेका हुन् ।

घोषित कार्यक्रमअनुसार असोज २३ गते चितवन, २५ गते जनकपुर, ३१ गते विराटनगर, कात्तिक २ गते पोखरा, ४ गते बुटवल, १७ गते सुर्खेत, १९ गते धनगढी र २३ गते काठमाडौंमा विरोध सभा गरिने छ । जिल्ला समितिले पनि छुट्टै विरोधका कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img