धर्म/संस्कृतिएसियाकै ठूलो भगवतीको मूर्ति

एसियाकै ठूलो भगवतीको मूर्ति

spot_img

अर्घाखाँची : अर्घाखाँचीको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा भक्तजनको भीड बढेको छ।

दसैंका अवसरमा विशेष पूजाआजा हुने आस्थाको धरोहरका रूपमा रहेको यस अर्घा दरबार र अर्घा भगवतीको मन्दिरमा देवी भगवतीको पूजाआजा गर्नेको भीड बढेको हो। अहिले दैनिक पाँच हजारको हाराहारीमा मन्दिरमा आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए।

चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको छ। नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास रहेको छ।

बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानका रूपमा रहेको यहाँ हाल महाकाली मन्दिर र दरबार रहेका छन्। पन्ध्रौं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजयादशमीको पूर्णिमाका दिन विशेष मेला लाग्छ।

अर्घा मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति प्रतिस्थापन गरिएपछि मन्दिरमा आकर्षण बढेको छ। अहिले मन्दिरमा दर्शन गर्ने र मूर्तिसँगै फोटो तथा सेल्फी खिच्नेहरूको संख्या पनि बढेको छ।

लुम्बिनीमा आएका पर्यटकहरू तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकहरूलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए।

सन्धिखर्क नगरपालिकाका पुर्व नगर प्रमुख कमल प्रसाद भुसालले उक्त मूर्ति स्थापना गर्न प्रमुख पहल गरेका थिए।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै, सुपा देउराली, गुल्मीको रेसुंगा र प्युठानको स्वर्गद्वारीमा आएका पर्यटकहरूलाई अर्घा दरबारमा लैजाने उद्देश्यले मूर्ति स्थापना गरिएको सन्धिखर्क नगरपालिकाका पूर्व नगर प्रमुख कमल प्रसाद भुसालको भनाइ छ। अन्‍नपूर्ण

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img