देशकोशी प्रदेशझापामा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय युवकको मृत्यु

झापामा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय युवकको मृत्यु

सुनसरी / झापामा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरीका कार्यलय झापाका अनुसार हल्दिबारी पारखोपी सडक खण्ड अन्तरगत हल्दिबारी २ स्थित रामलाल चोक नजिकै हिजो साँझ मे ५ प २१६१ नम्बरको मोटरसाइकलले मे ६ प ४१०३ नम्बरको मोटरसाइकललाई पछाडिमा ठक्कर दिँदा हल्दिबारी गाउँपालिका- २ निवासी २१ वर्षीय सुकलाल राजवंशीको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेको मे ५ प २१६१ नम्बरको मोटरसाइकलको पछाडि सवार राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो मोटरसाइकलमा दुई जना सवार थिए, भने अर्को मोटरसाइकलमा तीन जना सवार थिए ।

प्रहरीले दुवै मोटरसाइकलसहित अन्य चार जनालाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img