देशआज कुकुर तिहार : कुकुरलाई पूजासहित मीठा खानेकुरा खान दिएर मनाइँदै

आज कुकुर तिहार : कुकुरलाई पूजासहित मीठा खानेकुरा खान दिएर मनाइँदै

काठमाडौं / तिहारको तेस्रो दिन आज कुकुरलाई पूजासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरपूजा गर्दा यमलोक जाँदा यमराजको द्वारपालका रूपमा रहेका ‘श्याम’ र ‘सबल नामका दुई कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।

मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान रहेको छ । सधैँ बफादार रहने, खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता गुण कुकुरमा छन्।

सुँघ्नसक्ने उच्च क्षमताका कारण सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ। अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि पनि कुकुरकै प्रयोग हुँदै आएको छ।

त्यस्तै, आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गइ स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img