देशबागमती प्रदेशप्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजन कार्यक्रम 'लौरो'का उम्मेदवारहरुले गरे अबरोध

प्रत्यक्ष प्रसारण भइरहेको टेलिभिजन कार्यक्रम ‘लौरो’का उम्मेदवारहरुले गरे अबरोध

spot_img

हेटौंडाः आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा हिमालयन टेलिभिजनले हेटौंडामा शनिबार बिहान आयोजना गरेको निर्वाचन महासंग्राम बहस कार्यक्रमलाई लौरोकाका उम्मेदवारहरुले अवरोध गरेका छन् ।

हाम्रो नेपाल पार्टीका नेता र उम्मेदवारलाई मञ्चमा नराखेको भन्दै हाम्रो नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका दिपेन्द्र चन्द ठकुरी र मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका किशोर अर्यालसहितको समूहले कार्यक्रममा अवरोध गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि समेत अवरोध हुने गरी ठकुरीको समूहले टेलिभिजन कार्यक्रममा अवरोध गरेका छन् ।

प्रस्तोता राजेन्द्र बानियाँले कार्यक्रम सञ्चालन गर्न सुरु गरेलगत्तै ठकुरीले ठूला दललाई मात्रै मञ्च उपलब्ध गराएको आफ्नो दललाई अवसर नदिएको भन्दै कार्यक्रममा अवरोध गरेका थिए ।

प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा उनीहरुको अवरोधकै कारण करिब ९ मिनेटपछि प्रसारण नै रोकेर कार्यक्रम स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img