समाजआफ्नो नाममा भोट नमाग्न धरानका मेयर हर्क साम्पाङको आग्रह

आफ्नो नाममा भोट नमाग्न धरानका मेयर हर्क साम्पाङको आग्रह

सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी मंसिर ४ गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचनमा आफ्नो पक्षबाट कसैलाई उम्मेदवार नबनाएको स्पष्ट पारेका छन् ।

आज मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा स्टाटस लेख्दै मेयर साम्पाङले भनेका छन् ‘मैले कोही कसैलाई मेरो उम्मेद्वार बनाएर अघि सारेको छैन ।’

‘कसैले मेरो नाम लिएर भोट नमाग्नु होला, साम्पाङले भनेका छन्– ‘यसमा मेरो कुनै संलग्नता नरहेको सबैलाई जानकारी गराउँदछु ।’ भनी लेखेका छन् ।

त्यस्तै, नियम भित्र रहेर प्रचार गर्न पाउने स्वतन्त्रताको अधिकार माथि कसैले रोक लगाउन पाइन्न ! भनी सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img