देशबागमती प्रदेशरवि लामिछानेले दिए मतदाता भ्रमित बनाउने नेतालाई नाङ्गेझार पार्ने चेतावनी

रवि लामिछानेले दिए मतदाता भ्रमित बनाउने नेतालाई नाङ्गेझार पार्ने चेतावनी

spot_img

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मतदातालाई भ्रमित बनाउने काम गर्नेलाई नाङ्गेझार पार्ने चेतावनी दिएका छन् ।

हेटौंडामा मंगलबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘कैयौं नेताहरूले भोट हाल्ने ठाउँमा सिसी क्यामेरा राखेका हुन्छौं‚ हामीलाई भोट हाले नहालेको थाहा हुन्छ भन्दै जनतालाई तर्साउने काम गरेको सुनेको छु‚ यस्तो झुटो गरेर मतदातालाई झुक्याउनेलाई नाङ्गेझार पार्न नपरोस् ।’

उनले मंसिर ४ गते देशले ‘सरप्राइज’ पाउने बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनले नपत्याउँदो नतिजा दिएर देशलाई नै सरप्राइज दिने दाबी गरेका हुन् ।

आफ्नो पार्टीको लागि भोट माग्दै उनले भने‚ ‘मैले सुनेको छु देशले यो पटक सरप्राइज कुरिरहेको छ रे ! काठमाडौं र धरानबाट त्यो सरप्राइज शुरु भइसकेको छ । चितवनबाट म सरप्राइज दिन्छु, मकवानपुरबाट तपाईंहरूले एउटा आवाज निकाल्नुहोला । त्यो आवाज घण्टीको हुनेछ ।’

लामिछानेले मतदातालाई भ्रमित बनाउने काम गर्नेलाई नाङ्गेझार पार्ने चेतावनी दिए । उनले पत्रकारिताबाट आफूले धेरै चेलीबेटी र युवाहरूलाई विदेशबाट उद्धार गरेर ल्याएको भन्दै विदेश नै जान नपर्ने नीति बनाउन राजनीतिमा आएको दाबी गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बने युवाहरू रोजगारीमा विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्ने दाबीसमेत गरे। उनले आफू सधैं जनताको घरदैलो र चोक चौतारामा भेटिने भन्दै आफ्नो पार्टीलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img