देशचुनाव जितेकै दिन रवि लामिछानेले चाले यस्तो कदम

चुनाव जितेकै दिन रवि लामिछानेले चाले यस्तो कदम

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जितेसँगै भ्रष्टहरुबारे सूचना मागेका छन् ।

चितवनस्थित विभिन्न स्थानमा गरिने धन्यवाद सभामा सुझाव माग्न बाक्सा नै राखिएको जानकारी दिँदै लामिछानेले भ्रष्टाचारबारे सूचना माग गरेका हुन् । 

‘मेरो सभा हुने ठाउँहरूमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा समस्या पेटिका लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनुहोला। अर्को बाकसमा उजुरी, समस्या, सुझाव पेटिका लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सूचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनुहोला’, लामिछानेले भनेका छन् । 

लामिछाने नेतृत्वको पार्टीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img