देशबागमती प्रदेशसडक विस्तारका लागि नारायणघाट पुल्चोकको घर भत्काउन थालियो

सडक विस्तारका लागि नारायणघाट पुल्चोकको घर भत्काउन थालियो

चितवन – पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणगढ पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्म सडक विस्तारका लागि डिभिजन सडक कार्यालयले नारायणगढ पुल्चोक क्षेत्रका घर भत्काउन सुरू गरेको छ । शुक्रबार बिहान पुल्चोक क्षेत्रका घर डोजर लगाएर भत्काएको सडक कार्यालयले जनाएको छ ।

भरतपुरको डिभिजन सडक कार्यालयका प्रमुख रमेश पौडेलका अनुसार सडक सीमा मिचेर बनाएको घर टहरा हटाउन महिना दिनअघि नै सूचना दिइएको थियो । कसैले नभत्काएपछि सडक कार्यालय अगाडि सरेको हो ।

पुल्चोकदेखि लायन्सचोकसम्ममा ५८ घर सडक सीमाभित्र परेको उनले बताए । ‘धेरै त हैन २० सेन्टिमिटरदेखि एक मिटरसम्मको संरचना भत्काउनु पर्ने छ । त्यत्ति पनि हटाएनन् । महिना दिनअघि घर घरमा सूचना टाँसेको हो । अहिले हामी नै अगाडि सर्नु पर्‍यो,’ पौडेलले भने । पुल्चोक गोन्द्राङ सडक ६ लेनको फराकिलो बनाउन दुई वर्षअघि काम सुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img