डडेल्धुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घ’टना हुँदा १६ जना घा’इते भएका छन् । घा’इते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।
बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।
बसमा करिब ५०-६० यात्रु रहेकाे र सामान्य घा’इतेको डडेल्धुरा अस्पतालमा नै उ’पचार भइरहेको उहाँले बताउनुभयो । बसमा दशैँका लागि गाउँ फर्कने यात्रुहरू थिए ।



