सुनसरी / धरानमा खुकुरी प्रहारबाट एकजना पुरूषको ह’त्या भएको छ भने एक महिला घाइते समेत भएकी छन् ।
धरान- ५ आँपटारका ४९ वर्षीय कुमार बुढाथोकीलाई सोही ठाउँका ३५ वर्षीय हर्कबहादुर राईले खुकुरी (कर्द) प्रहार गरी ह’या गरेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु दुवैजना मिलनसार साथी हुन् । ३५ वर्षीया गोमा खड्का राईको पनि टाउकोमा खुकुरी प्रहार घाइते भएकिको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रहरीले खुकुरी प्रहारमा संलग्न हर्कबहादुरलाई पक्राउ गरिसकेको छ । आफ्नै घरको किचनमा आएका मृतक बुढाथोकीको ढाड र कोखामा खुकुरी प्रहार भएको पाइएको थियोे ।
साथीको ह’त्या गरेपछि मञ्जुको घरमा पुगी खुकुरी निकाले अन्धाधुन्ध प्रहार गरेका थिए । स्थानीयले थाहा पाएपछि उनीहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । विकास यसअघि लागूऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीले जनाएको छ ।



