अन्तर्राष्ट्रियटर्की भूकम्पमा ज्यान गुमाउने संख्या ३ हजार ७ सय नाघ्यो

टर्की भूकम्पमा ज्यान गुमाउने संख्या ३ हजार ७ सय नाघ्यो

काठमाडौं । टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर मुत्यु हुनेको सङ्ख्या तीन हजार सात सय पुगेको छ । अहिलेसम्म टर्कीमा दुई हजार तीन सय भन्दा धेरै र सिरियामा एक हजार चार सय भन्दा धेरै नागरिकको भूकम्पका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

१४ हजारभन्दा धेरै घाइते भएका छन् । स्थानीय समय अनुसार हिजो ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पसँगै ७ दशमलव ५ रेक्टर स्केलको पराकम्प पनि गएको छ। अहिले पनि उद्धारको काम भइरहेको छ । तर भूकम्पका कारण भत्किएका हजारौं घरभित्र फसेका र पुरिएकाको उद्धारमा कठिनाइ भएको उद्धारकर्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img