अर्थ व्यापार९ महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

९ महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाण्डाै: चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा रेमिट्यान्स आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेर नौ खर्ब तीन अर्ब ३९ करोड रुपैयाँ पुगेको हो । गएकाे आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स शून्य दशमलव दुई प्रतिशतले घटेको थियो ।

गएकाे चैतसम्ममा नेपालले प्राप्त गरेको रेमिट्यान्स अमेरिकी डलर ६ अर्ब ९२ करोड बराबर हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह वृद्धिदर १३ दशमलव नाै प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५१ दशमलव पाँच प्रतिशतले बढेर तीन लाख ८७ हजार आठ सय ३९ पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यो अवधिमा पाँच दशमलव पाँच प्रतिशतले बढेर दुई लाख १७ हजार नौ सय ५९ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या एक सय ९९ दशमलव नाै प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img