मकवानपुर: हेटौंडा स्कूल अफ म्यानेजमेन्टका सञ्चालक पुरन बहादुर जोशीले सोमबार एक अभिभावकमाथि दुर्व्यवहार गरेको विषयले अहिले संजाल तातिएको छ । उक्त बिषयमा क्याम्पसले प्रेस बिज्ञप्ति जारी गर्दै माफी मागेको छ ।
शुल्कका कारण कक्षा १२ मा अध्ययनरत बिधार्थीको परिक्षा नरोक्न उनका अभिभावकले आग्रह गर्दा संचालक जोशीले झपारेको भिडिओ सामाजिक संजालमा भाईरल भएको थियो । पूरा शुल्क तिर्न नसक्ने बताएपछि सञ्चालक जोशी अभिभावकलाई झपारेको भिडियोमा स्पस्ट देखिन्छ ।
यसै विषयमा क्याम्पसले आज बुधबार एक प्रेस बिज्ञप्ति निकाल्दै परिस्थिति वस उत्पन्न घटनाले अभिभावकको भावनामा चोट पुगेको भए हामी क्षमायाचना गर्दछौं भन्दै माफी मागेको छ ।
बिज्ञप्तिमा भनिएको छ,’ यस महाविद्यालयका प्रिन्सिपल पुरनबहादुर जोशीले क॒नै पनि बदनियत र दूषित भावना राखेर अभिभावकलाई चोट पुन्याउन सो कार्य गरेको होइन र आगामी दिनमा पनि त्यस्ता खालको कार्य नहुने आम अभिभावकहरुमा विश्वस्त गरिन्छ । यो संस्था अभिभावकहरुकै माया र सदभावले अधि बढेको शैक्षिक संस्था हो । यसले अभिभावकहरुसँग कहिल्यै दुर्व्यवहार गर्देन र त्यसका लागि यहाँ कार्यरत कोही कसैलाई प्रोत्साहित गर्दन तर पनि परिस्थितिवश बैसाख २५ गते सिर्जना भएको उक्त घटनाबाट यहाँ अध्ययनरत विद्यार्थी युनिसका अभिभावकको आत्मसम्मानमा तथा अति रज्जना गरी प्रशारित त्यस भिडियो ल्किपबाट सिर्जित अवस्थाले यस महाविद्यालयसँंग जोडिनु भएको सम्पूर्ण अभिभावकहरुको भावनामा कनै प्रकारको चोट पर्न गएको भए त्यसका लागि महाविद्यालय परिवार क्षमा याचना गर्दै यो प्रेस विज्ञप्ति प्रकाशन गर्दछ’ ।
त्यस्तै क्याम्पसले आफ्ना संचालकको गल्ति भुलेर सामाजिक संजालमा आएको भिडिओलाई परिस्थितिवश सिर्जित घटना केही अन्य व्यक्तिले अतिरज्जित गरेको आरोप लगाउदै गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।



