सुनसरी : इटहरी २० तरहराबाट धरानको सेउती पुल सम्म सडक धुलाम्मे रहेको छ ।
केही समय अघि सडक निर्माण गर्ने भने पनि पछि आएर सडक निर्माण तिव्रता लिएको छैन । सो सडकमा यात्रा गर्ने यात्रुहरूले धुलो खादै यात्रा गर्नु पर्ने बाध्यता रहेको छ । बस, ट्रक लगायत ठुला सवारीसाधन साधनमा यात्रा गर्ने यात्रुलाई भन्दा बाहेक , स्कुटर जस्ता सवारीसाधनमा यात्रा गर्ने यात्रुले धुलाम्मे हुनु पर्ने बाध्यता रहेको छ ।
तरहराबाट सेउती सम्म एक पट्टी काहिँ कत्तै निर्माण भईरहेको छ । कालोपत्रे एक लेवलमा छैन । सो सडक कहिले निर्माण सम्पन्न हुने हो टुँगो छैन।
विगत दुई वर्षदेखि सुरु भएको सडक विस्तारसँगै ढल र नाला निर्माणले गति नलिँदा यात्रुहरूले सुक्खा मौसममा धुलोको पीडा सहन बाध्य छन् । टकटकाउँदो पोसाकमा धरान ,भेडेटार, धनकुटा जस्ता पहाडी भुभाग जिल्लामा यात्रा गर्दा नचिनिनेगरी धुलोमय भइन्छ ।
सडकको उक्त खण्ड समयमा पुरा नहुँदा धुलो, उबड खाबडले सवारी र यात्रीहरूले कठिन र दुर्घटना सम्मको जोखिममा उठाउँदै आएकाले यथाशिघ पुरा गर्न माग सहित सुनसरी उद्योग वाणिज्य सङ्घले सडक योजना कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियोे । यता , धरानको सेउती पुलबाट तिनकुने सम्म सडक निर्माण भइसकेको छ ।



