देशकोशी प्रदेशदमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा महिलाको मृत्यु

दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा महिलाको मृत्यु

सुनसरी : झापाको दमकमा मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किदाँ मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

झापाको दमक नगरपालिका – ९ बुद्धचोकमा को ३७ प ८१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किदाँ मोटरसाइकलमा सवार स्थानीय महिला ६४ वर्षीया हिरादेवी धिमालको मृत्यु भएको इलाका प्रहरी कार्यलय दमले जनाएको छ ।

मोटरसाइकल चालक स्थानीय ६२ वर्षीय लोकबहादुर धिमाल रहेका थिए । उनको श्रीमती धिमालको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img