देशकोशी प्रदेशझुम्काको २ दिने तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव सम्पन्न

झुम्काको २ दिने तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव सम्पन्न

सुनसरी / थारु चलचित्र उद्योगको उथान र प्रवर्द्धन गर्ने उद्देश्य सहित सुनसरीकाे रामधुनी नगरपालिकामा अवस्थित झुम्कामा ‘तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव’ आयोजना सम्पन्न भएको छ ।

बुधबार र बिहिवार भएको कार्यक्रम म्याजिक सिनेमा हलमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री अमनलाल माेदीको प्रमुख आतिथ्यता रहेको थियो भने दोश्रो दिन पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री बिजय कुमार गच्छदारको प्रमुख आतिथ्यता रहेको थियो । महोत्सव अन्तर्गत सम्मानका कार्यक्रम समेत राखिएको थियो ।

थारु चलचित्र तथा सांस्कृतिक संघ केन्द्रिय कार्यसमितिको आयोजनामा भएको महोत्सव तथा सम्मान कार्यक्रमबाट नयाँ, पुराना थारु चलचित्रकर्मी तथा थारु चलचित्र उधोगमा विभिन्न माध्यमबाट योगदान पुर्याउने १ सय ५ जनालाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष परशुराम चाैधरीले जानकारी दिएका छन् ।

सम्मानित हुने ब्याक्तित्वहरुलाई प्रमुख अतिथि अमनलाल मोदि र बिजय कुमार गच्छदारसंगै आयोजक संस्थाका अध्यक्ष परशुराम चौधरीले सम्मान पत्र प्रदान गरेका थिए ।

महोत्सवमा २०४७ सालमा निर्माण भएको प्रथम थारु चलचित्र करम सहित हालसम्म निर्माण भएका १ सय १५ थारु फिल्म तथा ८० ओटा छोटो फिल्मको एकमुष्टमा परिचयात्मक भिडियो प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img