काठमाडौं: ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । ल
लितपुर महानगरपालिका-४ बागडोल आकाशेपुलस्थित सडकमा बागमती प्रदेश ०२-०४३ प ६१४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका-२ घर भएका २२ वर्षीय सागर आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।



