देशकोशी प्रदेशनदी क्षेत्रका सार्वजनिक जग्गा खाली गर्न इटहरी उपमहानगरको दोस्रो सूचना जारी

नदी क्षेत्रका सार्वजनिक जग्गा खाली गर्न इटहरी उपमहानगरको दोस्रो सूचना जारी

सुनसरी: इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन जारी गरेको ३५ दिने म्याद सकिए पछि आइतबार १५ दिने दोस्रो सुचना जारी गरिएको छ ।

पहिलो ३५ दिने सुचना नमानि कसैले पनि अवैध संरचना नभत्काएपछि दोस्रो सुचना गरिएको थियोे । ३५ दिनभित्र नभत्काए उपमहानगरपालिकाले भत्काएर लागेको खर्च तिराउने चेतावनी दिएको थियो ।

असार ३१ गते जारी गरिएको ३५ दिने सूचनाको म्याद सकिँदा पनि सूचनाबमोजिम टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराका दुवै किनारबाट ६- ६ मिटर क्षेत्र खाली नगरिएपछि १५ दिनको म्याद राखी पालिकाले दोस्रो सूचना जारी गरेको हो ।

खोला, पैनी अझ साँघुरो बनाएर बनाइएका घर, भवनका कारण बाढी तथा डुबान हुने गरेको छ । खोला पैनी मिच्नेको घर तथा संरचना भत्काउने अभियान द्धारिकलाल चौधरी नगरप्रमुख हुँदा समेत नथालिएको भने होइन तर त्यो सफल हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img