समाजबाबुको मुख हेर्ने दिनमा रक्सी खाएर छोराले गरे बाबुको हत्या

बाबुको मुख हेर्ने दिनमा रक्सी खाएर छोराले गरे बाबुको हत्या

काठमाडौं: दाङमा छोराले बुबाको हत्या गरेका छन्। घोराही उपमहानगरपालिका-५ दलजितपुरका २८ वर्षको छोरा सन्तोष केसीले ५१ वर्षका बुवा प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ।

बिहीबार साँझ मादक पदार्थ सेवन गरेको छोरा सन्तोषको निर्घात कुटपिटबाट घाइते भएका प्रेम बहादुरको मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए।

उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न छोरो सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img