देशबागमती प्रदेशमकवानपुरगढी ५ मा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन हुने !

मकवानपुरगढी ५ मा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन हुने !

मकवानपुर: मकवानपुरगढी -५ धादिङमा निःशुल्क लोक सेवा तयारी विशेष कक्षा सञ्चालन हुने भएको छ । मकवानपुरगढी गाउँपालिकाका युवाहरूमा थप शैक्षिक स्तर वृद्धि तथा स्वदेशमा नै रोजगारी सिर्जना गर्ने उद्देश्यले मकवानपुरगढी वडा नम्बर ५ले निःशुल्क लोक सेवा तयारी विशेष कक्षा सञ्चालन गर्न लागेको वडा अध्यक्ष दिपेश दाहालले बताए ।

अध्यक्ष दाहालले मकवानपुरगढी गाउपालिका भित्र बसोबास गर्ने योग्यता पुगेका व्यक्तिहरूलाई निः शुल्क लोकसेवा विशेष तयारी कक्षामा सहभागि हुनको लागि अनुरोध समेत गरेका छन् ।

लोक सेवा तयारी कक्षामा सहभागी हुन् मकवानपुरगढी गाउपालिका भित्र बसोवास गर्ने नेपाली नागरिक हुनुपर्ने र एस.एल.सी /एस.ई.ई वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने अध्यक्ष दाहालले जारी गरेको पत्रमा उल्लेख छ ।

असोज २५ गते देखि कार्तिक १४ गते सम्म आबेदन खुल्ला रहने र उक्त अबधीभर मकवानपुरगढी ५ नम्बर वडा कार्यालयमा निबेदन दिन सकिने जनाईएको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img