देशकोशी प्रदेशकोशी नाम खारेजी आन्दोलनकारी बिना सर्त रिहा भएपछि धनकुटा सडक बन्द फिर्ता

कोशी नाम खारेजी आन्दोलनकारी बिना सर्त रिहा भएपछि धनकुटा सडक बन्द फिर्ता

सुनसरी / धनकुटा जिल्ला प्रशासनले आफ्ना नेता, कार्यकर्ता बिनाशर्त रिहा गरेपछि प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले मङ्गलवार देखी धनकुटा अनिश्चित कालिन बन्द फिर्ता लिएको छ ।

धनकुटाका ३ जना पहिचानवादी नेता, कार्यकता मनकुमार याम्फु राई, बुलन चेम्जोङ लिम्बु र सानु लिम्बु विनाशर्त रिहा भएपछि आन्दोलनकारीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि उनीहरूलाई स्वगत गरेका थिए ।

यसअघि उनीहरूको रिहाइको माग गर्दै धनकुटा बन्दका कारण धरान-धनकुटा रुटबाट पूर्वी पहाडी जिल्ला हिँडेका सार्वजनिक यातायात, निजी सवारीहरूलाई आन्दोलनकारीले भेडेटारमा रोकेका थिए । सवारी साधनको जाम, अलपत्र यात्रुहरूको भिडले भेढेटार निकै बेर तनावग्रस्त रहेएको थियोे ।

कोशी नाम खारेजी आन्दोलनको क्रममा केही दिन अघि धनकुटाको चौबिसेमा एमालेको भातृ सङ्गठन युवा सङ्घको कार्यक्रम अवरोध गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू ५ दिन देखी धनकुटा जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए ।

यसअघि उनीहरूलाई रिहा नगरे धनकुटा बन्द गर्ने चेतावनी दिएपछि धनकुटा जिल्ला प्रशासन कार्यालयले हिजो सोमवार रिहा गर्ने आश्वासन दिएको थियो । तर आश्वासन अनुसार उनीहरू रिहा नभएकोले आज मङ्गलवार बिहानै देखी आन्दोलनकारीहरूले धनकुटाका सबै नाकाहरूमा यातायात अवरुद्ध गरेका थिए ।

दसैँको बेला यातायात बन्दले आर्थिक गतिविधि, चाडबाड मनाउन थातथालो हिँडेकाहरूलाई नराम्रो असर पर्ने भएपछि प्रशासन आन्दोलनकारीहरूलाई रिहा गर्न बाध्य भएको हो । जसले गर्दा यात्रुलाई सास्ती भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img