देशकोशी प्रदेशदशैँको बेला ताप्लेजुङको पाथीभरामा दर्शनार्थीको घुइँचो

दशैँको बेला ताप्लेजुङको पाथीभरामा दर्शनार्थीको घुइँचो

सुनसरी / चार्डपर्व लागे सँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ ।

पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार घटस्थापनायता शनिबार बिहानसम्ममा २१ हजार ६३९ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार घटस्थापनाको पहिलो दिन एक हजार १४८ जना दर्शनार्थी पाथीभरामा पुगेका थिए ।

त्यसपछि हरेक दिन एक हजारभन्दा बढी दर्शनार्थीले पाथीभराको दर्शन गर्दै आएका छन् । सप्तमी अर्थात् दसैँको फूलपातीको दिन शनिबार पाथीभराको दर्शन गर्ने दर्शनार्थीको सङ्ख्या सबैभन्दा बढी देखिएको उनले बताए । आज अष्टमि दिनमा समेत दर्शनार्थी निकै आएका थिए ।

उनका अनुसार शनिबार बिहान ८ बजेसम्ममा तीन हजार २२५ जना तीर्थयात्री पाथीभराको दर्शन गर्न पुगेका थिए । उनका अनुसार अत्यधिक भिडका कारण दर्शनार्थी व्यवस्थापनमा निकै हम्मेहम्मे परेको थियो ।

दसैँ तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन भएकाले घटस्थापनादेखि दर्शनार्थीको भिड लाग्ने गर्दछ । विशेष गरी हिन्दु धर्मावलम्बीले पाथीभरालाई महत्वपूर्ण धार्मिक स्थलका रूपमा लिने गर्दछन् भने यो मौसममा हिन्दु धर्ममा आस्था राख्ने अधिक दर्शनार्थीले पाथीभराको दर्शन गर्ने गरेको समितिले जनाएको छ । हिन्दुबाहेक बौद्ध, किराँत, युमालगायतका धर्ममा आस्था राख्ने तीर्थयात्रीको समेत बाक्लै उपस्थिति हुने गरेको पाइएको छ ।

पाथीभरा देवीको नामले प्रख्यात तीर्थस्थल धार्मिक आस्थासँगै किराँती अर्थात लिम्बू समुदायले ‘मुक्कुमलुङ माङ’ को नाममा दर्शन गर्ने गरेका स्थानीय विव्रmमसिंह माबोहाङ लिम्बूले बताए। दसैँतिहार तथा रामनवमी अर्थात् चैतेदसैँको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ ।

समितिका अनुसार अहिलेको मुख्य सिजन भएसँगै ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरीलगायत पूर्वी नेपालका जिल्लाबाट उल्लेख्य रूपमा तीर्थयात्री आएका छन् । यस्तै काठमाडौँसहित विभिन्न जिल्लाबाट र नेपालबाहिर भारतको दार्जिलिङ, सिक्किम, आसाम, पश्चिम बङ्गाललगायतबाट तीर्थयात्री आएका पनि पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img