देशकोशी प्रदेशइटहरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गौतमको मृत्यु

इटहरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गौतमको मृत्यु

सुनसरी / इटहरीमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

आज दिउँसो ३ बजेतिर इटहरी १३ खनारस्थित गणेश मन्दिर नजिकै विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को २९ प २४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृत्यु हुनेमा इटहरी १ बस्ने ३६ वर्षीय इकार गौतम रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img