समाजमामाघर आएकी सात वर्षीया बालिकाकाे डुबेर ज्यान गयाे

मामाघर आएकी सात वर्षीया बालिकाकाे डुबेर ज्यान गयाे

दाङ – दाङमा मामाघर आएकी एक बालिकाको डुबेर ज्यान गएको छ ।

देउखुरीको राजपुर गाउँपालिका–गुरुङखोला निवासी सुन्तली खड्काको सात वर्षीया छाेरी समीक्षाको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।

समीक्षाको तुलसीपुर-७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँध नजिकै तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरेको खाल्डोको पानीमा डुबेर ज्यान गएको तुलसीपुर-७ का वडाध्यक्ष रामबहादुर जिसीले बताए ।

मृतक समीक्षा चार/पाँच दिन अघिमात्रै मामाघर आएकी थिइन् । उनीसहित तीन जना बालबालिका आइतवार दिउँसो २ बजेतिर खाल्डोमा नुहाउन गएका थिए । पानीमा डुबेका मृतक समीक्षाका भाइ अनुप र तुलसीपुर-७ वसन्तपुरका प्रेम बस्नेत भने सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img