देशकोशी प्रदेशजिल्ला अस्पताल संखुवासभामा सामाजिक सेवा इकाई मार्फत २ हजार बढीले निःशुल्क उपचार

जिल्ला अस्पताल संखुवासभामा सामाजिक सेवा इकाई मार्फत २ हजार बढीले निःशुल्क उपचार

सुनसरी / संखुवासभा जिल्ला अस्पताल संखुवासभामा सामाजिक सेवा इकाई मार्फत २ हजार बढीले निशुल्क उपचार गराएका छन् ।

सामाजिक सेवा इकाई मार्फत ५० देखि शतप्रतिशतसम्म छुट दिने प्रावधान गरेर स्वास्थ्य बिमा पनि गर्न नसक्ने विपन्न परिवारका बिरामीलाई सामाजिक सेवा इकाईले ठूलो राहत मिलेको छ । सामाजिक सेवा इकाई मार्फत एक बर्षको अवधीमा २ हजार ७ सय ३७ जनाले सेवा लिएको जिल्ला अस्पताल संखुवासभाले जानकारी दिएको छ ।

जिल्ला अस्पतालमा सामाजिक सेवा इकाईमार्फत सेवा लिनेमा ज्येष्ठ नागरिक १६ सय ५७ जना, आर्थिक रूपमा अतिविपन्न ७ सय १५ जना र लैङ्गिक हिंसा पीडित ६३ जनाले उपचार सेवा लिएका हुन् ।

सामाजिक सेवा इकाईमार्फत प्रदान गरिएको उपचार सेवामा संखुवासभा अस्पतालको ३७ लाख १० हजार ३ सय ४२ रुपैयाँ खर्च भएको अस्पताल संखुवासभाले जनाएको छ । जसमध्ये संघीय र प्रदेश सरकारबाट ३० लाख र अस्पताल विकास समितीबाट ७ लाख १० हजार ३ सय ४२ रुपैयाँ खर्च भएको छ ।

अस्पतालले सम्बन्धित लक्षित समूहको प्रमाणित गर्ने कागजपत्रको आधारमा निःशुल्क स्वास्थ्य उपचार गर्ने गरेको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा,बालरोग,सामान्य शल्यक्रिया,फिजियोथेरापि लगायतका सेवा संचालनमा छ । त्यस्तै गरी जिल्ला अस्पतालमा एक बर्षको अवधीमा ५३ हजार ८४ जनाले सेवा लिएका छन् ।

जिल्ला अस्पतालमा संखुवासभाका १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img