सुनसरी / इटहरी उपमहानगरपालिका वार्ड नम्बर २० कार्यालयले जडान गरेको बत्ती वार्ड अध्यक्ष मणि राम श्रेष्ठ र वार्ड सदस्य तनुज गुरुङले अनुगमन गरेका छन् ।
इटहरी उपमहानगरपालिका वार्ड नं २० को मुख्य राजमार्ग क्षेत्र छेउको सडकमा बिहानीपख र साँझपख वाकिङ गर्नु हुने वडा नं २० बासी मात्र नभएर छिमेकी वडा बासी पनि आउने भएको कारण उनीहरुको सुरक्षित महसुस होस भनेर वडा नं २० वडा कार्यालयबाट बत्ती जडान गर्ने कार्य निरन्तर जारी रहेको छ । यो कार्य कतीको लाभदायक़ भएछ भनेर रातको समयमा आवलोकन गर्दै वार्ड अध्यक्ष मणि राम श्रेष्ठ र वार्ड सदस्य तनुज गुरुङले बत्ति अनुगमन गरेका छन् ।




