समाजकाम गरिरहेको अवस्थामा गाडीले किचेर एक मजदुरको मृत्यु

काम गरिरहेको अवस्थामा गाडीले किचेर एक मजदुरको मृत्यु

बारा । जगदम्बा स्टिल बारामा एक जना मजदुरको मृत्यु भएको छ । सिमरा स्थित जगदम्बा स्टिलमा बुधवार स्थानीय वडा – २ का २५ वर्षीय उज्जवल कार्कीको मृत्यु भएको हो ।

उधोग परिसरमा रहेको प्रदेश ०२–०३–००१ ख ५९६ नम्बरको लहरीको छेउमा काम गरिरहेको अवस्थामा सोही गाडीले किचेर कार्कीको मृत्यु भएको हो ।

सिसिटिभी फुटेजको आधारमा लहरीले किचेर घटनास्थल मै कार्कीको मृत्यु भएको र उनीसँगै रहेका अर्का मजदूर भागेर ज्यान जोगाउन सफल भएको प्रत्यक्ष देख्न सकिने इलाका प्रहरी कार्यालय सिमराका प्रमुख नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी गराएका छन् ।

फुटेजमा प्रत्यक्ष देख्न सकिन्छ एक जनाले गाडि चलाएको गाडि अनियन्त्रित हुदा केही पर बसेका मजदुरहरू माथि चढेको थियो । मजदूर माथि गाडी चढ्दा उधोगमा हल्लाखल्ली भए पछि गाडी हाक्ने ओर्लेर भागेका थिए । सिटिटिभी फुटेजमा खलासीले गाडी चलाएको प्रत्यक्ष देख्न सकिन्छ ।

जगदम्बा स्टिल उधोगको लापरवाहीले कहीले भट्टी पडकेर त कहिले छड लोडिङ्ग अनलोडिङ्गमा मजदुरको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img