समाज३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न

३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न

हेटौंडाः ३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । आइतबार राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समिति तथा बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयको संयुक्त आयोजनामा ३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवस हेटौंडामा मनाइएको हो ।

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान र दिवसको अवसरमा हेटौंडामा विभिन्न कार्यक्रम गरि सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अन्तीम दिन हेटौंडाको मुख्य चोक बुद्ध चोकबाट र्‍यालि सुरु गरि मेनरोड, कपुरकम्प्लेस, शितलमहलचोक हुँदै हुप्राचौर पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालिमा अपाङ्गता सम्बन्धि सुचनाको आदानप्रदान गरौ, अपाङ्गता भएको ब्यक्तिहरुको अनिवार्य रुपमा परिचयपत्र लिऔ, दिगो बिकासको लक्ष्यहरु कार्यान्वयन गरौ, अपाङ्गता मैत्री शब्दको प्रयोग गरौं, सबै सार्वजनिक भौतिक संरचना अपाङ्गता मैत्री निर्माण गरौं, मानसिक स्वास्थमा लगानी समृद्धिको सुखद बिहानी, अपाङ्गता भएका ब्यक्तिहरुलाई समान अवसर दिऔ, निशुल्क स्वास्थ सेवा कार्यान्वयन गरौं भन्दै नारा लगाइएको थियो ।

कार्यक्रमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समिति अध्यक्ष अश्विन लम्साल, बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, महासंघका अन्य पदाधिकारीहरु, अपाङ्ग ब्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img