खेल समाचारबागमती गोल्डकप: मछिन्द्रको विजयी सुरुवात

बागमती गोल्डकप: मछिन्द्रको विजयी सुरुवात

spot_img

मकवानपुर- पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आज मंगलबारदेखि छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले गरेका थिए।

उद्घाटन खेलमा मछिन्द्र क्लबले बागमती युथ क्लबलाई ५-२ गोलले हराउँदै विजयी सुरुवात गरेको छ। मछिन्द्रका लागि हिसुव थपलिया, अभिषेक गुरुङ, क्रिस्टोफर चिजोवा, सौरव लिम्बु र विमल घर्ती मगरले गोल गरे। बागमतीका लागि सुजन चौधरी र सुजन गौतमले गोल फर्काए।

प्रतियोगिता फागुन १० गतेसम्म चल्नेछ। विजेता टोलीले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img