समाजबालकुमारी घटनाको प्रतिवेदन: मुख्य दोषी भौतिक पूर्वाधार मन्त्री ज्वाला भएको निष्कर्ष

बालकुमारी घटनाको प्रतिवेदन: मुख्य दोषी भौतिक पूर्वाधार मन्त्री ज्वाला भएको निष्कर्ष

काठमाडौं- पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा गठित छानबिन आयोगले बालकुमारी घटनाको छानबिन प्रतिवेदन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको छ। प्रतिवेदनमा उक्त घटनामा मुख्य दोषी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला रहेको निष्कर्ष निकालिएको छ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगको निष्कर्षलाई तत्काल कार्यान्वयन गरिने बताएका छन्। गत पुसमा भएको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएपछि उक्त घटनाको छानबिनका लागि सरकारले आयोग गठन गरेको थियो।आयोगले ४४ दिनभित्र छानबिन सकाउँदै प्रतिवेदन बुझाएको हो।

उनीमाथि कारबाहीको माग उठ्न थालेको छ। नेकपा एमालेले मन्त्री ज्वालालाई तत्काल पदबाट हटाउन र कारबाही अघि बढाउन माग गरेको छ। एमाले नेता महेश बर्तौलाले मन्त्रीकै कमजोरीले यो दुर्घटना भएको भन्दै उनलाई एक मिनेट पनि मन्त्री पदमा बस्न नदिनुपर्ने बताएका छन्। एमालेले प्रधानमन्त्री प्रचण्डलाई २४ घण्टाभित्र मन्त्री ज्वालालाई हटाउन चेतावनी पनि दिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img