धर्म/संस्कृतिएक महिनामा पाथीभरामा करिब १८ हजार भक्तजन, ५५ लाख भेटी संकलन
spot_img

एक महिनामा पाथीभरामा करिब १८ हजार भक्तजन, ५५ लाख भेटी संकलन

ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा मन्दिरमा यस वर्षको फागुन महिनामा मात्रै ५५ लाख ७० हजार ८८० रुपैयाँ भेटी रकम संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार संकलित रकम समितिको नाममा विभिन्न बैंकमा जम्मा गरिएको छ र विवरण सार्वजनिक गरिएको छ।

सम्झनीय भेटी संकलनसँगै मन्दिरमा भक्तजनको चहलपहल पनि उच्च रहेको छ। गत महिनामा मात्रै करिब १८ हजार भक्तजनले पाथीभरा दर्शन गरेका छन्। आन्तरिक तथा बाह्य गरी १७ हजार ९ सय १२ तीर्थयात्रीले मन्दिरमा पूजापाठ गरेका थिए।

गत साउनदेखि माघसम्मको अवधिमा ९८ हजार ३ सय भक्तजन पाथीभरा पुगेका थिए भने फागुनसमेत गरी यस वर्ष एक लाख १६ हजार २ सय १२ जनाले मन्दिर दर्शन गरेका छन्। बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी दशैं र बसन्त ऋतुमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। दशैंपछि चैत्र महिनामा समेत मन्दिरमा धेरै भक्तजन आउने गर्दछन्।

३,७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरमा पुग्न इटहरी र बिर्तामोडबाट सडक मार्ग हुँदै आउन सकिन्छ। मन्दिर परिसरमा हेलिकप्टरबाटै आउन सकिने व्यवस्था पनि छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img