काठमाडौं | नेपालको जल तथा मौसम विज्ञान विभागले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी तिन दिन देशको मौसममा केही परिवर्तन आउने देखिन्छ।
आज बुधबार, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा र देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
भोलि बिहीबार, देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने र बाँकी भू-भागमा आंशिक देखि मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थान साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
शुक्रबार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थान साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपात हुने देखिन्छ।
यसरी आगामी तिन दिनसम्म मुलुकको मौसम आंशिक रुपमा बदली रहने र पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको देखिन्छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले आवश्यक सतर्कता अपनाउनु पर्नेछ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण लगायतका क्षेत्रमा केही असर पर्न सक्ने भएकाले सम्बन्धित निकायहरुले आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ।



