राशिफलबैशाख १६ गतेदेखी २३ गतेसम्मको साप्ताहिक राशिफल

बैशाख १६ गतेदेखी २३ गतेसम्मको साप्ताहिक राशिफल

यस सातामा मेष, मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, धनु र मीन राशिका लागि व्यापार व्यवसाय, आर्थिक अवस्था, प्रेम जीवन, पारिवारिक सम्बन्ध, अध्ययन कार्य लगायतमा सकारात्मक परिणाम आउनेछ। वृष, कन्या, मकर र कुम्भ राशिका लागि भने यो साता मिश्रित रहने देखिन्छ। केही समस्या र अवरोधहरूको सामना गर्नुपर्ने हुन सक्छ तर मजदुरी र लगनशीलताले धेरैथोक जित्न सकिनेछ। सबैजसो राशिहरूले आफ्ना लक्ष्य हासिल गर्न सफलता पाउने र सुखी रहने प्रचुर अवसरहरू रहेका छन्।

मेष
मेषका लागि यो साता ४० प्रतिशत शुभ रहेको छ। नवम भावमा चन्द्रमाको गोचरले साताको शुरुवात भएको छ र दशम र एकादश भावमा चन्द्रमा रहने हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ। सामाजिक ईज्जत र प्रतिष्ठा बढ्ने छ। व्यापार व्यवसायबाट आर्थिक अवस्था सबल रहने र सामाजिक क्षेत्रबाट साथ र सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्नेछ। मन मा जाँगर र उत्साह कायम रहनेछ। प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ। जिम्मेवार भएर आफ्नो दायित्व पुरा गर्नु उत्तम हुनेछ। विद्यार्थीको पढाई पनि राम्रो रहनेछ। तर शनिबार भने कमजोर दिन रहेको छ।

वृष 
वृष राशिका लागि यो साता ५० प्रतिशत शुभ रहेको छ। साताको शुरुमा चन्द्रमाको गोचर आठौं भावमा रहने हुनाले स्वास्थ्य कमजोर हुने, खर्च बढ्ने एवं अनावश्यक विवाद आईलाग्न सक्छ। आफ्ना बिरोधीहरुले समस्या उत्पन्न गर्न सक्छन्। व्यापार व्यवसायमा विभिन्न उतारचढावहरु देखिन सक्छ। तर मंगलबार देखि दिनहरु शुभ रहनेछन्। प्रेम तथा पारिवारिक जीवन सकारात्मक रहनेछ। नोकरी तथा व्यवसायको क्षेत्र राम्रो भएर अगाडि बढ्नेछ। राम्रो आर्थिक लाभको अवसरहरु प्राप्त हुनेछन्। धेरै समय रोकिएका कामहरु बन्नेछन्। प्रेम जीवन सुखद् रहनेछ र विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्छन्।

मिथुन 
मिथुनका लागि यो साता ५५ प्रतिशत शुभ रहेको छ। साताको शुरुमा सप्तम भावमा चन्द्रमाको गोचरले सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढाउनेछ। आर्थिक अवस्था सबल रहनेछ र व्यापार व्यवसायबाट नाफा आर्जन हुनेछ। आफ्ना दाजुभाई तथा आफन्तको सहयोग प्राप्त हुनेछ। रमाइलो यात्रा हुन सक्छ। परिवारमा मेलमिलाप र एकता कायम हुनेछ। आफ्नो जीवनसाथीबाट सहयोग मिल्नेछ। पढाई कमजोर हुन सक्छ भने विद्यार्थीले पढाईमा ध्यान दिनु पर्नेछ। मंगलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिन रहनेछन्। तर पनि साता सकारात्मक रहनेछ।

कर्कट  
कर्कट राशिका लागि यो साता ६५ प्रतिशत शुभ रहेको छ। बोलीको प्रभाव बढ्नेछ र आर्थिक अवस्था सबल रहनेछ। साथीभाईको साथ र सहयोगले अप्ठ्यारा काम समेत बन्नेछन्। व्यापार व्यवसायमा सकारात्मक अवस्था रहनेछ। साताको मध्यभागतिर केही उतारचढाव आउन सक्छ तर साताको अन्त्यतिर आम्दानी बढ्नेछ। परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ। प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ। विद्यार्थी वर्गका लागि पनि शुभ साता रहनेछ। तुलनात्मक रुपमा बिहिबार र शुक्रबार कमजोर दिन रहनेछन् । यस साता आफ्नो लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ।

सिंह  
सिंह राशिका लागि यो साता ७० प्रतिशत शुभ रहेको छ। साताको शुरुवातमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले तपाईंको बौद्धिक क्रियाकलापमा मन जानेछ। तपाईंको सिर्जनात्मक क्षमताको कदर हुनेछ। आर्थिक अवस्था सकारात्मक रहनेछ। व्यापार व्यवसायबाट पनि उचित लाभ मिल्नेछ। विशेष गरी कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यवसायबाट सोचेअनुरुप लाभ मिल्नेछ। नोकरी गर्नेहरूका लागि पनि शुभ समय रहने देखिन्छ। सन्तानबाट सुख प्राप्त हुनेछ।
धनको बचत हुनेछ। विद्यार्थीको पढाई र प्रेम तथा पारिवारिक जीवन पनि सुखद् रहनेछ।

कन्या  
कन्या राशिका लागि यो साता ५० प्रतिशत शुभ रहने देखिन्छ। साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले पारिवारिक समस्या, अनावश्यक झन्झट एवं कार्यमा बाधा आउन सक्नेछ। तर मंगलबार देखि अवस्था सकारात्मक हुँदै जानेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ र साथीभाईसँग रमाईला पलहरू बित्नेछन्। नोकरीमा सफलता मिल्नेछ र सहकर्मी साथीबाट सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायबाट उचित लाभ मिल्नेछ। पारिवारिक जीवन सुखद रहनेछ।
प्रेम सम्बन्ध सुमधुर रहनेछ र एकअर्कामा विश्वास बढ्नेछ। अध्ययन कार्यमा मन जानेछ। प्रतिस्पर्धीलाई चुनौती दिन सकिनेछ।

तुला  
तुला राशिका लागि यो साता ६० प्रतिशत शुभ रहेको छ। तृतीय भावमा चन्द्रमाको गोचरले साहस तथा पराक्रम बढाउनेछ। आफ्ना साथीभाईबाट महत्वपूर्ण सहयोग मिल्नेछ। व्यापार व्यवसायमा विस्तार हुनेछ र आम्दानीका क्षेत्रहरू बढ्दै जानेछन्। नोकरी गर्नेहरूका लागि पनि सकारात्मक समय रहनेछ र नयाँ काम सिक्न पाइनेछ। प्रेम तथा पारिवारिक जीवन सुखद् रहनेछ। आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ। विद्यार्थीको पढाई सकारात्मक रहनेछ। मंगलबार र बुधबार तुलनात्मक रूपमा कमजोर दिन हुनेछन्। शत्रुता साध्नेहरू स्वयं कमजोर हुनेछन्।

वृश्चिक  
वृश्चिक राशिका लागि यो साता ६५ प्रतिशत शुभ रहेको छ। धन स्थानमा चन्द्रमाको गोचरबाट साताको शुरुवात हुने हुनाले तपाईको बोलीको प्रभाव बढ्नेछ। सिर्जनात्मक एवं अभिव्यक्ति क्षमता बढ्नाले महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट उचित लाभ हुनेछ। आफ्ना दाजुभाईको सहयोगबाट व्यापार व्यवसायमा सफलता मिल्नेछ। विद्यार्थीको पढाईमा मन जानेछ। परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। बिहिबार र शुक्रबार तुलनात्मक रूपमा कमजोर दिनहरू हुनेछन्। तपाईंको बौद्धिक र अभिव्यक्ति क्षमताले यस सातामा राम्रो सफलता दिलाउनेछ।

धनु  
धनु राशिका लागि यो साता ७५ प्रतिशत शुभ रहेको छ। साताको शुरुवातमा चन्द्रमाको प्रभाव प्रथम भावमा रहने हुनाले मान प्रतिष्ठा बढ्नेछ। मन प्रफुल्ल रहनेछ भने विभिन्न रमाइला कार्यक्रममा सहभागी हुने अवसर जुट्नेछ। आत्मविश्वास उच्च हुनेछ र तपाईंको विचारको सर्वत्र प्रशंसा हुनेछ। आर्थिक अवस्था सबल रहनेछ र व्यापार व्यवसायबाट उचित मुनाफा आर्जन हुनेछ। नोकरीमा तपाईंको कार्यको उचित कदर हुनेछ। आफ्ना दाजुभाई तथा परिवारका सदस्यसँग सल्लाह लिएर कार्य गर्नु उत्तम हुनेछ। अप्ठ्यारो अवस्थामा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। अध्ययन अध्यापन कार्य सफल रहनेछ। प्रेम सम्बन्धमा सामान्य मनमुटाव देखिए पनि ठूलो समस्या आउने छैन।

मकर  
मकर राशिका लागि यो साता ६० प्रतिशत शुभ रहेको छ। आइतबार र सोमबार अनावश्यक यात्रा हुने, धन खर्च हुने एवं चिन्ता बढ्ने देखिन्छ। तर मंगलबार देखि अवस्थामा सुधार आउनेछ। तपाईंको परिश्रमको उचित मूल्य प्राप्त हुनेछ र धन आर्जन हुनेछ। शत्रु पराजित हुनेछन् र स्वास्थ्य अवस्था पनि सबल रहनेछ। मंगलबार र बुधबार तपाईंका लागि विशेष दिन हुनेछन्। प्रेम तथा पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। विद्यार्थी वर्गका लागि पनि उत्तम साता रहनेछ। धैर्य र लगनशीलताले तपाईंलाई सफलता दिलाउनेछ।

कुम्भ  
कुम्भ राशिका लागि यो साता ६५ प्रतिशत शुभ रहेको छ। साताको शुरुवातका दिन आइतबार र सोमबार लाभ स्थानमा चन्द्रमाको गोचरले व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन गर्न सकिनेछ। आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ र आम्दानी बढ्नेछ। मंगलबार र बुधबार बिना प्रयोजनका यात्राहरु हुन सक्ने र अचानक खर्चको मात्रा बढ्न सक्छ। तर बिहिबार देखि चन्द्रमाको गोचर प्रथम भावमा रहने हुनाले दिनहरु शुभ हुनेछन्। परिवारमा मेलमिलाप कायम हुनेछ र प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ। विद्यार्थीका लागि सकारात्मक समय रहनेछ। नयाँ योजना शुरु गर्ने समय हो। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ र आफ्नो क्षेत्रको नेतृत्व हात लाग्न सक्छ।

मीन 
मीन राशिका लागि यो साता ७० प्रतिशत शुभ रहेको छ। साताको शुरुमा चन्द्रमाको गोचर दशम भावमा रहने हुनाले यो साता उपलब्धिमुलक हुनेछ। नोकरी एवं व्यापार व्यवसायमा सफलता मिल्नेछ। साझेदारीका कार्यबाट उचित मुनाफा आर्जन हुनेछ। सामाजिक कार्यमा सरिक भइनेछ र आध्यात्मिक कार्यबाट मन प्रसन्न रहनेछ। अध्ययन अध्यापन कार्य सफल हुनेछ। कार्यस्थलमा सहयोगी वातावरण प्राप्त हुनेछ। प्रेम तथा पारिवारिक जीवन सुमधुर रहनेछ। विद्यार्थीका लागि अनुकूल रहनेछ र परिश्रमको राम्रो परिणाम प्राप्त हुनेछ। बिहिबार र शुक्रबार खर्च बढ्न सक्ने, स्वास्थ्यमा समस्या आउन सक्ने र अनावश्यक विवादमा फस्न सकिने हुँदा सावधानी अपनाउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img