बागमती प्रदेशमकवानपुरमोक्तान बने मकवानपुर खेलकुद समितिको अध्यक्ष

मोक्तान बने मकवानपुर खेलकुद समितिको अध्यक्ष

हेटौँडा | जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राजकुमार मोक्तान नियुक्त भएका छन्। बागमती प्रदेश खेलकुद विकास परिषद्को शुक्रबार बसेको बैठकले मोक्तानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

३५ वर्षीय मोक्तानले सोमबार प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीबाट नियुक्ति पत्र प्राप्त गरे। उनले बुधबारदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन्।

साथै, परिषद्ले खेलकुद विकास समिति मकवानपुरका लागि मदन उप्रेती र कृष्ण रुम्बालाई सदस्यमा नियुक्त गरेको छ।

नवनियुक्त अध्यक्ष मोक्तानले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने दाबी गरेका छन्। उनले गाउँ-गाउँबाट खेलाडी उत्पादनमा जोड दिने र पैसाको चहलपहलका कारण राम्रा खेलाडीहरूले अवसर नपाउने परम्पराको अन्त्य गर्ने बताए।

नयाँ समितिको कार्यकाल चार वर्षको हुनेछ, जुन यसअघिको दुई वर्षबाट बढाइएको हो। उल्लेखनीय छ, मकवानपुर जिल्ला खेलकुद विकास समिति गत चैतदेखि अध्यक्षविहीन थियो र चार महिनापछि नयाँ अध्यक्ष पाएको हो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img