समाजवीपी राजमार्गमा माइक्रो बस दुर्घटना: ११ यात्रु घाइते

वीपी राजमार्गमा माइक्रो बस दुर्घटना: ११ यात्रु घाइते

काठमाडौं | सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ मा स्थित वीपी राजमार्गमा आज एक माइक्रो बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।

प्रहरीका अनुसार, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो बस सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्यो। दुर्घटनामा परेका सबै ११ यात्रु घाइते भएका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन सुरक्षा बेस खुर्कोटबाट खटिएको टोलीले तत्काल घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरेको छ। घाइतेहरूलाई उपचारका लागि खुर्कोटस्थित शुभ जीवन अस्पतालमा पठाइएको र हाल उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img