धर्म/संस्कृतिपाथीभरा मन्दिरको नाममा सहयोग संकलन रोक्न मोरङ प्रशासनलाई आग्रह

पाथीभरा मन्दिरको नाममा सहयोग संकलन रोक्न मोरङ प्रशासनलाई आग्रह

ताप्लेजुङ | पाथीभरा क्षेत्र विकास समितिले पाथीभराको नाममा भइरहेको आर्थिक सहयोग संकलनको निगरानी र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई अनुरोध गरेको छ ।

क्षेत्र विकास समितिले पत्र पठाइ सहयोग संकलन बारे निगरानी गर्न अनुरोध गरेको हो । समितिका अध्यक्ष रक्की थेबेले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र पठाइ पाथीभराको नाममा आर्थिक सहयोग संकलनको गलत अभ्यास भइरहेको जानकारी गराएको छ ।

पत्रमा मोरङ जिल्लामै पाथीभरा मन्दिर निर्माण गर्ने भनी अवैध रूपमा सहयोग संकलन भइरहेको जानकारी प्राप्त भएको उल्लेख छ। हाल मोरङ जिल्लामा शिवबाबा भक्त समाज नेपाल नामक संस्था,सुन्दरहरैँचा नगरपालिका ५ मोरङले पाथीभरा माताको मन्दिर निर्माणार्थ भनेर आर्थिक सहयोग संकलन गरिरहेको खबर प्राप्त हुन् आएको छ ।

तर यस कार्यमा पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङसग कुनै औपचारिक समन्वय भएको छैन । र यहाँ मन्दिर निर्माण गर्ने कार्य पनि नभएको जानकारीका लागि अनुरोध छ । पाथीभरा क्षेत्र विकास समितिले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

यस किसिमको कार्यले जनमानसमा भ्रम फैलाउनुका साथै आर्थिक अनियमितताको खतरा समेत रहेको समितिको भनाइ छ । समितिले पाथीभराको नाममा भइरहेका यस्ता गतिविधि तुरुन्त रोक्न जिल्ला प्रशासन मोरङलाई आग्रह गरेको हो ।

स्थानीय तह र सम्बन्धित निकायको सहकार्यमा यस्ता कार्यको छानबिन गरी रोकथाम गर्न र दोषीमाथि कारबाही गर्न समितिको माग छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img